गल्फ संघको अध्यक्षमा पुन: तासी
नेपाल गल्फ संघको अध्यक्षमा पुनः टासी घले निर्वाचित हुनुभएको छ । संघको शनिबार सम्पन्न छैटौं चुनावी साधारण सभाले तासीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
साबिक विजेता गुजरात आइपिएलको फाइनलमा
मुम्बई इन्डियन्सलाई पराजित गर्दै साबिक विजेता गुजरात टाईटन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
महेन्द्रनारायण निधि क्रिकेट प्रतियोगिताको तयारी पूरा
मधेश प्रदेशको राजधानी जनकपुरधाममा जेठ १५ गतेदेखि २६ गतेसम्म हुने महेन्द्रनारायण निधि राष्ट्रिय टी—२० क्रिकेट प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
पुलिसको सहज जित
विभागीय टोली नेपाल पुलिस क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहज जित निकालेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा पुलिसले रेलिगेसनको दबाबमा रहेको एफसी खुमलटारलाई २–० गोलले हरायो ।
काभा महिला भलिबल : सेमिफाइनलमै सकियो नेपालको यात्रा
साविक विजेता नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा पराजित भएको छ ।
पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८० अन्तर्गत भएको पुरुष क्रिकेट प्रतियोगितामा चितवनले स्वर्ण पदक जितेको छ।
काभा महिला भलिबल : भारत फाइनलमा
भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।
‘एन्फा आर्थिक व्यवस्थापनमा असफल’
शहीद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेका क्लबहरूले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) आर्थिक रूपमा असफल भएको बताएका छन् ।
चर्च ब्वाइज मनाङसँग बराबरीमा रोकियो, सातदोबाटोलाई फ्रेन्ड्सको झट्का
शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज क्लब मनाङ मर्स्याङ्दी क्लबसँग बराबरीमा रोकिएको छ ।
भलिबलमा काठमाडौं र चितवनलाई स्वर्ण
काठमाडौं र चितवनले जारी दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबल प्रतियोगितामा स्वर्ण जितेका छन् । हेटौँडास्थित हुप्राचौर खेल मैदानमा सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् ।
सोहन र पेमा उत्कृष्ट बक्सर
मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित हुनुभएको छ ।
रियल म्याड्रिडलाई सफलता
रियल म्याड्रिडले स्पेनिस ला लिगामा सफलता निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले रायो भालेकानोलाई २-१ गोलले हरायो ।
मुम्बई इन्डियन्स आइपिएलको दोस्रो क्वालिफायरमा
मुम्बई इन्डियन्स १६औँ इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । चेन्नइमा बुधबार राति भएको खेलमा लखनउ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै मुम्बईले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
इन्टरलाई कोपा इटालिया कप उपाधि
कोपा इटालिया कप फुटबलको उपाधि इन्टर मिलानले जितेको छ । रोमामा बुधबार राति भएको खेलमा इन्टरले फियोरेन्टिनालाई २-१ गोलले हराउँदै उपाधि जितेको हो ।
तेक्वान्दो टोलीको विदाइ
जेठ १५ देखि २१ गतेसम्म मित्र राष्ट्र अजरवैजानको बाकु शहरमा सञ्चालन हुने बाकु-२०२३ वल्र्ड तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय तेक्वान्दो टिमले सहभागीता जनाउन लागेको छ ।
एथ्लेटिक्सतर्फ चितवनका सुजित र मकवानपुरकी डिना उत्कृष्ट खेलाडी
बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत एथ्लेटिक्सको पुरुषतर्फ चितवनका सुजित महतो र महिलातर्फ मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
एनआरटी र एपीएफ विजयी
न्युरोड टिम (एनआरटी) र विभागीय टोली एपीएफ क्लबले शहीद स्मारक ए डिभिजन लिगमा जित निकालेका छन् ।
भारतसँग हार्यो नेपाल
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा भारतसँग पराजित भएको छ ।
काजकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा
काजकिस्तान समूह विजेता बन्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
च्याम्पियन बार्सिलोनाको अर्को हार
चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाले उपाधि पछि लगातार दोस्रो हार खेपेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना रियल भालाडोलिडसँग उसैको मैदानमा ३-१ गोलले पराजित भयो ।
चेन्नई आइपीएलको फाइनलमा
चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान एमए चिदम्बरम स्टेडियम चेपकमा मंगलबार राति भएको खेलमा चेन्नईले साबिक विजेता गुजरात टाइटन्सलाई १५ रनले हरायो ।
पुलिस र खुलमटार विजयी
नेपाल पुलिस क्लब र एफसी खुमलटारले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा जित निकालेका छन् ।
दुई सय मिटरमा मकवानपुरलाई दुई स्वर्ण
हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत दुई मिटर दौडमा मकवानपुरका दिना गोपाली र जिकेश सापकोटाले स्वर्ण पदक जित्नुभएको छ ।
भारतीय खेलाडी महिन्द्रकारलाई बुद्धिचाल उपाधि
दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले हात पार्नुभएको छ।