सीएसआरको रकम खेल क्षेत्रमा प्रयोग गर्न प्रधानमन्त्रीलाई आग्रह
नेपाल सुपर लिगका पदाधिकारीले सामाजिक उत्तर दायित्व कोष (सीएसआर) को रकम खेल क्षेत्रमा प्रयोगको लागि पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आग्रह गरेको छ ।
खेलकुदलाई रोजाइको मन्त्रालय बनाउने प्रयास गर्नेछु : मन्त्री लिम्बु
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सधैँ जसो हेपिएको रूपमा लिइने युवा तथा खेलकुद मन्त्रालयलाई आफ्नो कार्यकालमा सबै पार्टी र नेताको रोजाइको मन्त्रालय बनाएर जाने बताउनुभएको छ ।
रियललाई हराउँदै सिटी फाइनलमा
कीर्तिमानी स्पेनिस टोली रियल म्याड्रिडलाई हराउँदै इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले साबिक विजेता समेत रहेको रियललाई ४-० गोलले हरायो ।
क्रिकेट टोलीलाई वाणिज्य बैंकले नगदसहित सम्मान गर्ने
एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी र अफिसियललाई राष्ट्रिय वाणिज्य बैंकले नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ ।
प्लानिङ ब्वाइजलाई भिमनारायण गोल्डकप उपाधि
१५औं संस्करणको सहिद भिमनारायण गोल्डकप फुटबलको उपाधि प्लानिङ ब्वाइज क्लब काठमाडौंले जितेको छ । धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा मंगलबार भएको फाइनल खेलमा प्लानिङ ब्वाइजले वीरगञ्ज युनाइटेड क्लबलाई ४-० गोलले हरायो ।
कृष्णमोहन स्मृति ब्याडमिन्टन यसै महिना
१६औं कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता जेठ २१ देखि २४ गतेसम्म हुने भएको छ । शसस्त्र प्रहरी बलको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० स्पर्धा समावेश गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
इन्टर मिलान च्याम्पियन्स लिगको फाइनलमा
सिरि‘ए’ प्रतिद्वन्द्वी एसी मिलानलाई हराउँदै इन्टर मिलान युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको मिलान डर्बीमा इन्टरले एसी मिलानलाई १-० गोलले हरायो ।
नेपाल साफ फुटबलको कठिन समूहमा
नेपाल दक्षिण एसियाकै ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको कठिन समूहमा परेको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले मंगलबार गरेको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा परेको हो ।
दक्षिण एसियाकै कीर्तिमानी वैकुण्ठ
नेपाली खेलकुदमा वैकुण्ठ मानन्धरको नामै काफी छ । एथलेटिक्सका सदाबहार खेलाडी मानन्धरको दैनिकी अहिले पनि बिहानै दशरथ रङ्गशालाबाट सुरु हुन्छ । उमेरले ७१ वर्ष काटे पनि उहाँको जोस १८-२० वर्षे युवाको भन्दा कम छैन ।
थ्रीस्टार र आर्मी बराबरीमा रोकियो
उपाधि दाबेदार थ्रीस्टार क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ ।
बागमती प्रदेश खेलकुद जेठ ७ गतेदेखि
बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता यही जेठ ७ गतेदेखि सञ्चालन हुने भएको छ । प्रदेश खेलकुद विकास परिषद्ले मंगलबार हेटौँडामा पत्रकार सम्मेलन गरी दोस्रो संस्करणको सो प्रतियोगिताबारे जानकारी गराएको हो ।
लिभरपुलको सानदार जित
लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । सोमबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई उसैको मैदानमा ३-० गोलले हरायो ।
वीरगंज भिमनारायण गोल्डकपको फाइनलमा
वीरगंजं युनाइटेड धनकुटामा जारी सहिद भिमनारायण गोल्डकप फुटबल प्रतियोगीताको फाइनल प्रबेश गरेको छ । धनकुटास्थित तल्लो टुंडिखेलमा सोमबार भएका खेलमा वीरगंज युनाइटेडले झापा फुटबल क्लबलाई १–० गोलले हरायो ।
मच्छिन्द्रले जित्दा संकटा र शेर्पा बराबरीमा रोकियो
साविक विजेता मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा खुमलटार युथ क्लबमाथि सहज जित निकाल्दा हिमालयन शेर्पा क्लब र संकटा क्लबले बराबरी खेल्दै अंक बाँडेको छ ।
खेलकुदको बेतिथि अन्त्य गर्नु पर्छ : मन्त्री लिम्बू
नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सबै मिलेर खेलकुदमा रहेको बेथिति अन्त्य गर्नु पर्ने बताउनुभएको छ ।
एभरेष्ट तेक्वान्दोको तयारी पूरा
संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दोको तत्त्वावधानमा यही जेठ ६ मा आयोजना हुने ‘प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’को तयारी पूरा भएको छ ।
काभा महिला भलिबल : नेपालको लक्ष्य उपाधिमा ह्याट्रिक
आयोजक नेपालले जेठ ८ देखि १४ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोर्टमा हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपको उपाधि जित्ने लक्ष्य राखेको छ ।
बार्सिलोना चार खेल अगावै च्याम्पियन
स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोना लिगमा चार खेल अघि नै च्याम्पियन बनेको हो ।
पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको तयारी पूरा
आदर्श पुरुष, स्वच्छ छविका नेता एवम् पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा यहाँ हुने पाँच दिने दोलखा खुला अन्तर्राष्ट्रिय चेस टुर्नामेन्टको अन्तिम तयारी पूरा भएको छ ।
मनाङसँग बराबरीमा रोकियो जावलाखेल
उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबले शहिद स्मारम ‘ए’ डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ । च्यासल मैदानमा आइतबार भएको खेलमा जावलाखेल र मनाङले २-२ गोलको बराबरी खेल्दै अङक बाँडेको हो ।
टी–२० विश्वकप एसिया छनोट नेपालमा
सन् २०२४ को टी–२० विश्वकपका लागि एसिया क्षेत्रको छनोट खेल नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी नोभेम्बर १ खेखि १० तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानी मैदानमा छनोट खेल सञ्चालनका लागि अधिकार पाएको छ ।
मार्कोको जितमा रियल विजयी
स्पेनिस ला लिगा फुटबलको उपाधि दावेदार रियल म्याड्रिडले गेटाफेमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले गेटाफेलाई १-० गोलले हरायो ।
पीएसजीको सानदार जित
फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एसी एजासियोमाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा पीएसजीले एजासियोलाई ५-० गोलले हरायो ।
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी च्याम्पियन
आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोश्रो बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ९ स्वर्ण, २ रजत र ५ कांस्यसाथ आयोजक टिम च्याम्पियन बन्यो ।