• ११ असोज २०८१, शुक्रबार

यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस र मनाङ भिड्दै

blog

यू–१६ युथ लिगबारे जानकारी दिँदै आयोजक ।

काठमाडौं, असार २८ गते । यू–१६ युथ लिग शुक्रबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने लिगको पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरिएको छ ।

एन्फाको अनुसार सातदोवाटोस्थित एन्फा मुख्यालय मैदानमा हुने लिगको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा पेलिस र मनाङसँगै खुमलटार युथ, सङ्कटा, त्रिभुवन आर्मी, फ्रेन्ड्स, चर्च ब्वाइज युनाइटेड, एनआरटी, एपिएफ र मच्छिन्द्र क्लब गरी १० टोलीकोे सहभागिता रहनेछ ।

लिगका खेलहरु एन्फा मुख्यालय, च्यासल रङ्गशाला र भक्तपुरको सल्लाघारी खेल मैदानमा हुनेछन् ।