विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेसँग
जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसीसी एक दिवसीय विश्वकप छनोट खेलमा नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ ।
दौडमा अस्मिता र विकेशलाई स्वर्ण
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत १५ सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सिन्धुपाल्चोककी अस्मिता भुजेल र पुरुषतर्फ दोलखाका विकेश घिमिरेले स्वर्ण पदक हात पार्नुभएको छ ।
शेर्पासँग बराबरीमा रोकियो चर्च ब्वाइज
शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको चर्च ब्वाइज युनाइटेड क्लब हिमालयन शेर्पा क्लबसँग बराबरीमा रोकिएको छ । च्यासल मैदानमा सोमबार भएको खेलमा शीर्ष टोली चर्च ब्वाइजले शेर्पासँग १-१ गोलको बरबारी खेल्दै अङ्क बाँडेको हो ।
काभा भलिबल : नेपालको सानदार सुरुवात
साबिक विजेता नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपमा सानदार सुरुवात गरेको छ ।
विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी महिना जिम्बावेमा हुने आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनोटका लागि २२ सदस्यीय प्रारम्भिक खेलाडी टोलीको घोषणा गरेको छ ।
भलिबललाई राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव : प्रधानमन्त्री ‘प्रचण्ड’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको लोकप्रिय खेल भलिबललाई आफू दोस्रो पटक प्रधानमन्त्री भएको समयमा राष्ट्रिय खेल घोषणा गर्न पाउनु गौरव र खुसीको क्षण भएको बताउनुभएको छ ।
बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा हेटौँडामा दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८० सुरु भएको छ ।
काभा भलिबल : सबै टोलीको लक्ष्य उपाधि
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप सोमबारदेखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने भएको छ ।
एनआरटीमाथि मच्छिन्द्रको सहज जित
साबिक विजेता मच्छिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) माथि सहज जित निकालेको छ ।
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
मध्य अमेरिकी राज्य एल साल्भाडोरको रङ्गशालामा भागदौड हुँदा किचिएर १२ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
उपाधि विजेता बार्सिलोना सोसिडाडसँग पराजित
स्पेनिस ला लिगा फुटबलको उपाधि जितिसकेको बार्सिलोनाले रियल सोसिडाडसँग हार खेपेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोना रियल सोसिडाडसँग २-१ गोलले पराजित भयो ।
आर्सनल हारेपछि सिटी तीन खेल अगावै च्याम्पियन
साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि रक्षा गरेको छ । उपाधि होडमा रहेको आर्सनल शनिबार राति नटिङ्घम फरेस्टसँग १-० गोलले पराजित भएपछि सिटी तीन खेल अगावै च्याम्पियन बनेको हो ।
बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि
मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ ।
प्रकाश दाहाल स्मृति बक्सिङ असारमा
प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता असार तेस्रो साता हुने भएको छ ।
मुकेश र राजपुरालाई हाफ म्याराथन उपाधि
त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले कान्तिपुर हाफ म्याराथनको उपाधि जित्नु भएको छ ।
देशको रक्षाको सङ्कल्पसहित म प्रधानमन्त्रीको जिम्मेवारीमा छुः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको एकता र परिवर्तनको रक्षाको सङ्कल्पसहित आफू प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीद्वारा कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ११ औं कान्तिपुर हाफ म्याराथन दौडको उद्घाटन गर्नुभएको छ ।
नीति तथा कार्यक्रममा क्रिकेटलाई प्राथमिकता
सरकारले नीति तथा कार्यक्रममा क्रिकेट खेलको पूर्वाधार निर्माण र विकासलाई प्राथमिकतामा राखेको छ ।
प्रधानसेनापति टेनिसमा अभिषेक च्याम्पियन
दोस्रो प्रधानसेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिताको उपाधि अभिषेक बास्तोलाले जित्नुभएको छ । जङ्गी अड्डास्थित टेनिस कोर्टमा शुक्रबार सम्पन्न फाइनलमा पुरुष एकलतर्फ बास्तोला विजयी हुनुभएको हो ।
आर्मी र खुमलटारको बराबरी
विभागीय टोली त्रिभुवन आर्मी क्लब र एफसी खुमलटारले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अङ्क बाँडेको छ । दशरथ रङ्गशालामा शुक्रबार भएको खेलमा आर्मी र खुमलटारले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
खेलकुद पत्रकार मञ्च पाल्पामा माधव
नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा शुक्रबार माधव अर्याल निर्विरोध चयन हुनुभएको छ । पुनः निर्वाचित हुनुभएका अर्यालको यो दोस्रो कार्यकाल हो ।
सिन्धु कप जेठ अन्तिममा
नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सिन्धुपाल्चोकको लामोसाँघुमा हुने भएको छ ।
सकारात्मक सोच राखेर काम गर्न कांग्रेस नेता लामाको आग्रह
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जिपछिरिङ लामाले हरेक ठाउँमा सकारात्मक सोच राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
एस रोमा र सेभिया युरोपा लिगको फाइनलमा
इटालियन क्लब एस रोमा र स्पेनिस क्लब सेभिया युइएफए युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।