• १२ असोज २०८१, शनिबार

नेपालको फिफा वरीयता यथावत्

blog

काठमाडौं, साउन ४ गते । नेपाल फिफा वरीयतामा यथास्थानमा रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ७५औँ स्थानमा रहेको छ ।

नेपाल अघिल्लो महिला पनि सोही स्थानमा थियो । दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा रहेको छ । दक्षिण एसियामा अगाडि रहेको भारत समग्रमा ९९औँ र दोस्रो स्थानमा रहेको माल्दिभ्स समग्रमा एक सय ५५ओं स्थानमा छ ।

यस्तै नेपालपछि रहेको भुटान एक सय ८५औँ, बङ्गलादेश एक सय ८९औँ, पाकिस्तान २०१औँ र श्रीलङ्का २०४औँ स्थानमा रहेको छ । यस्तै विश्ववरीयताको शीर्षस्थानमा विश्वकप विजेता अर्जेन्टिना रहेको । फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेको छ ।