• ६ भदौ २०८२, शुक्रबार

मधेश प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई

blog

धर्बेन्द्र झा 

जनकपुरधाम, भदौ ६ गते। मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई मधेश प्रदेशको कार्यावाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको छ। 

मुख्यमन्त्री सतिशकुमार सिंह काम विशेषले देश बाहिर हुँदा उहाँलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो। मधेश प्रदेश सरकारको (कार्य सम्पादन) नियमावली २०८० को नियम १४ को उपनियम (३) बमोजिम मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी तोकिएको मुख्यमन्त्री सतिशकुमार सिंहद्धारा जारी गरिएको पत्रमा उल्लेख छ। 

मुख्यमन्त्री सिंह निजी भ्रमणको क्रममा शुक्रबार राति मलेसिया जाने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश झाले जानकारी दिनुभयो। 

मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री सरोजकुमार यादव।