• ६ भदौ २०८२, शुक्रबार

कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार सिम्खडालाई

blog

गोरखापत्रकर्मी प्रेमराज सिम्खडालाई कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मान गरिदै ।

कालीकोट भदौ ५ गते । कर्णाली प्रदेश सरकारले कर्णाली प्रादेशिक पत्रकारिता पुरुस्कार गोरखापत्रकर्मी प्रेमराज सिम्खडालाई प्रदान गरेको छ । ७५ हजार राशिको पुरस्कार गोरखापत्र कालीकोट समाचारदाता सिम्खडालाई प्रदान गरिएको हो । 

प्रदेश सरकारले आफ्नो स्थापना दिवस तथा सहिद दिवस २०८२ को अवसरमा प्रदेश राजधानी सुर्खेतमा आयोजना गरेको बिषेश समारोहमा सबैभन्दा ठुलो राशीको पहिलो पुरस्कार नाम दिएको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार सिम्खडालाई प्रदान गरिएको छ ।  

प्रदेश सरकारले बर्ष पत्रकारिता पुरस्कार बिबिसीमा कार्यरत प्रकाश पन्तलाई प्रदान गरेको छ । कर्णाली बिकास पत्रकारिता पुरस्कार गोरखापत्रका हुम्ला समाचारदाता राजन रावत र पत्रकार ओम शाहीलाई प्रदान गरेको छ । 

यस्तै कर्णाली शसक्त पत्रकारिता पुरस्कार रासस जाजरकोटका समाचारदाता हेमन्त केसीलाई दिइएको छ । समावेशी महिला पुरस्कार सुर्खेतका सिर्जना वुढाथोकी र दलिततर्फको जुम्लाका नौरते नेपालीलाई प्रदान गरेको छ । 

पहिलो पुरस्कार राशी ७५ हजार रुपियाँ हो भने दोस्रो वर्ष पत्रकारिता पुरस्कारको राशी ५० हजार र अन्य पुरस्कार समान ३५ हजारका छन् । 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आफै समाल्नु भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यबिधि संशोधन गरेर पुरस्कारको बिधा बिभाजन गरेको थियो । यसअघि सरकारले एकैनासका तीन जनालाई पुरस्कृत गर्दैआएको थियो ।