• ६ भदौ २०८२, शुक्रबार

पुलबाट मोटरसाइकलमा खस्दा दुई जना घाइते

blog

दुर्घटना भएको क्षेत्र।

अमरराज नहर्की

तनहुँ, भदौ ६ गते। डुम्रे-वेशीसहर सडकखण्डमा पर्ने तनहुँको तनहुँ भानु नगरपालिका–२ पाउतुरे खोलाको पुलबाट खस्दा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

तुरतुरेबाट डुम्रे जाँदै गरेको लु ३८ प ४२८२ नम्बरको मोटरसाइकल  अनियन्त्रित भएर शुक्रबार दिउँसो खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। 

मोटरसाइकलमा सवार ⁠चालक गोरखाको पालुङटार नगरपालिका–४ बस्ने ५० वर्षीय अर्जुनबहादुर अछामी र  ⁠पछाडि सवार सल्यानको दार्मा गाउँपालिका– ६ बस्ने २६ की प्रतिभा देवकोटा घाइते भएको उहाँले बताउनुभयो। 

घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ।