काठमाडौँ, भदौ ६ गते । नेपालले साफ यु–१७ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली भुटानमाथि पुनरागमन जित निकालेको छ ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रङ्गशालामा शुक्रबार भएको खेलमा नेपालले भुटानलाई २–१ गोलले हरायो । च्याम्पियनसिपमा नेपालले पहिलो जित हो । नेपाल पहिलो खेलमा भारतसँग ७–० गोलले पराजित भएको थियो ।
नेपालका लागि दुवै गोल सहारा लिम्बुले दोस्रो हाफमा गर्नुभयो । यसअघि भुटानने पहिलो हाफमा शेगेलको गोलमा १–० को अग्रता लिएको थियो । दोस्रो हाफमा गोल फर्काउने भुटानको योजना सफल भएन ।
जितसँगै नेपालले दुई खेलबाट तीन अङ्क बनाएको छ । भुटानले दोस्रो हार खेपेको छ । भुटान आफ्नो पहिलो खेलमा बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।
च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भुटान र बङ्गलादेशको सहभागिता रहेहेको छ । एक अर्कासँग दुई दुई खेल खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
नेपालले अब अर्को खेल भारतसँग अगस्ट २९ तारिख खेल्नेछ । यस्तै भुटानसँग ३१ तथा बङ्गलादेशसँग अगस्ट २४ र २७ तारिख प्रतिस्पर्धा गर्नेछ ।