काठमाडौँ, भदौ ६ गते । ध्रुबबहादुर प्रधान नेतृत्वमा गठन भएको नौ सदस्यीय नेपाल ओलम्पिक किमिटी (एनओसी) दतर्थ कमिटीका पदाधिकारीले शुक्रबार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँग भेटवार्ता गरेको छ ।
तदर्थ समितिका संयोजक प्रधान लगायतसदस्य टोलीसँगको भेटघाटमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका खेलकुद महाशाखाका प्रमुख सहसचिव रामचरित्र मेहतालगायतको उपस्थिति रहेको थियो ।
भेटमा मन्त्री चौधरीले नेपालको ओलम्पिक गतिविधिलाई सक्रिय बनाउन निर्देशन दिनुभएको थियो । यस्तै भेटमा अगामी वर्ष जापानमा हुने एसियाली खेलकुद प्रतियोगितामा नेपालको प्रतिनिधित्वलाई सुनिश्चित बनाउनका लागि अविलम्ब पहलकदमी लिनुकासाथै नेपाल ओलम्पिक कमिटीका गतिविधिलाई कानुन बमोजिम सक्रिय बनाउन राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयले खेल्नुपर्ने भूमिका बारे समेत छलफल भएको थियो ।
मन्त्री चौधरीले आगामी दिनमा मन्त्रालय र खेलकुद परिषदसँग समन्वय र सहजीकरण गरेर नेपाल ओलम्पिक कमिटीले आफ्ना गतिविधि बढाउन तदर्थ कमिटीलाई निर्देशन पनि दिनुभयो ।