काठमाडौं, साउन १ गते । विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक वरीयताका कार्लोस अल्कारोजले जित्नुभएको छ । स्पेनका २० वर्षीय अल्काराजले सर्वियाका पाका खेलाडी नोभाक जोकोभिचलाई ३–२ को सेटमा हराउँदै उपाधि चुम्नुभएको हो ।
आइतबार राति भएको फाइनलमा अल्काराजले ३६ वर्षीय जोकोभिचलाई १–६, ७–६(८–६), ६–१, ३–६, ६–४ को सेटमा हराउनुभयो । प्रतिस्पर्धात्मक खेलमा जोकोभिचको आठौं पटक विम्बल्डन जित्ने सपनालाई अल्काराजले साकार पार्न दिनुभएन ।
अल्काराज विम्बल्डन जित्ने सन् १९८६ यताको कान्छा खेलाडी बन्नुभएको छ । महिलातर्फको उपाधि भने चेक गणतन्त्रकी मार्केटा भोन्ड्रोउसोभाले जित्नुभएको छ ।
फाइनलमा उहाँले युक्रेनकी एलिना स्विटोलिनालाई ट्युनिसियाकी ओन्स जाबियरलाई ६–४, ६–४ को सोझो सेटमा हराउँदै उपाधि जित्नुभएको हो । मार्केटाको पनि यो पहिलो विम्बल्डन उपाधि हो । एजेन्सी