काठमाडौं, असार ३१ गते । नेपाल स्की सङ्घको अध्यक्षमा फेरि जीवनराम श्रेष्ठ चयन हुनुभएको छ । सङ्घको आइतबार भएको पाँचौं साधारण सभाले जीवनरामको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहनुभएका जीवनराम यसअघि पनि सङ्घको अध्यक्ष हुनुहुन्थ्यो । साधारण सभाले कार्यसमितिका सबै पदाधिकारी सर्वसम्मत चयन गरेको छ । सङ्घको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ, शम्भु लामा, माधव अर्याल र रमा भट्टराई चयन हुनुभएको छ ।
यस्तै महासविच विजय श्रेष्ठ, सचिवमा वसन्त कार्की र शान्तामाया परियार कोषाध्यक्षमा जितेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । सदस्यहरूमा अर्जुन महर्जन, कृपा श्रेष्ठ, लामाकाजी शेर्पा, रुक्मती जागरी, नाम्ग्या ग्याल्जेन वाङ्दी गुरुङ, टासी ग्याल्जेन शेर्पा, वीरबहादुर रावल भोटे, ज्ञानेन्द्रकुमार श्रेष्ठ, फुन्जो लामा र भाईकृष्ण वलामी हुनुहुन्छ ।
साधारण सभाको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभएको थियो ।