• १४ वैशाख २०८१, शुक्रबार

युएईले दियो नेपाललाई एक सय ५७ रनको सहज लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, साउन ३ गते । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालाई जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले एक सय ५८ रनको सहज लक्ष्य दिएको छ । 

कोलम्बोस्थित पी सारा ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रन बनायो । युएईका लागि लोभप्रित सिंहले सर्वाधिक ५२ रन बनाउनुभयो । इथान डिसौउजाले १८, अश्वथा भलथापाले १६, अर्यान्सा शर्माले १४ र जश घियानानीले १३ रन जोड्नुभयो ।

युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका कुशल भुर्तेलले ६ विकेट लिनुभयो । उहाँले १० ओभर बलिङ गर्दै ४० रन खर्चिनुभएको थियो ।

मौसम ढकालले दुई तथा पवन सराफ र कुशल मल्लले एक एक विकेट लिनुभयो । पाकिस्तान र भारतसँगको हारसँगै समूह चरणबाटै बाहिरिएको नेपाल र युएईका लागि आजको खेल केवल प्रतिष्ठाको लडाइँ हो ।