• १३ मंसिर २०८१, बिहिबार

बक्सिङमा अवालेकै निरन्तरता

blog

बक्सिङ सङ्घका निर्वाचित पदाधिारी ।

काठमाडौं, साउन ४ गते । नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले पुन: निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको बुधबार अवेर पोखरामा सम्पन्न छैटौं साधारण सभाले अवालेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

उहाँ यसअघिल्लो कार्यकाल पनि अध्यक्ष हुनुहुन्थ्यो । सङ्घको २० सदस्यीय कार्यसमितिमा सवै पदाधिकारी निर्विरोध भए । सङ्घको वरिष्ठ उपाध्यक्षमा अर्जुनबहादुर केसी, उपाध्यक्षमा भोजराज सिटौला, गणेशबहादुर भट्टराई, सविन भट्टाचार्य, ओमनारायण श्रेष्ठ र रामबहादुर गिरी, महासचिवमा मानबहादुर भण्डारी, सचिवमा पुष्करराज पन्त तथा कोषाध्यक्षमा गौतम सुजखु चयन हुनुभयो । 

यस्तै सदस्यहरुमामा गोविन्द डङ्गोल, रेशम पुन, मिलनध्वज राना, बमबहादुर स्याङ्तान, रेखा थापामगर, रमेश अधिकारी, दुर्गा गहतराज, लक्ष्मण कार्की, सञ्जयकुमार पासवान र समरजंगबहादुर चन्द चुनिनुभयो । साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले उद्घाटन गर्नुभएको थियो ।