संगीनाको त्यो साहस
छोरी मान्छे हत्तपत्त घरबार बाहिर जान हुन्न भन्ने समय।त्यसमाथि मार्सल आर्ट्स खेल्ने कल्पना त टाढाको कुरा।तर संगीना वैद्य आम मानिसको सोचाईलाई चकित पार्दै सफल खेलाडी बनेर छाड्नुभयो।नेपाली तेक्वान्दोमा एक छत्र राज गर्नुभएकी संगीनासँग अहिले नाम, दाम र प्रतिष्ठा सबै छ।
आर्मीलाई ‘वीच’ भलिबल उपाधि
राष्ट्रिय पुरुष ‘वीच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा शनिबार सम्पन्न फाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २–० को सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो ।
चर्च ब्वाइजलाई आर्मीको धक्का
शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि दौडमा रहेको चर्च ब्वाइजलाई विभागीय टोली त्रिभुवन आर्मी क्लबको धक्का लागेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले चर्च ब्वाइजलाई १-० गोलले हरायो ।
सुवास विशेष प्रशिक्षणका लागि अस्ट्रेलिया प्रस्थान
नेपाल नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी)ले सञ्चालन गर्ने एएसी एकेडमी प्रशिक्षणमा सहभागी हुन अस्ट्रेलिया प्रस्थान गर्नुभएको छ ।
स्वर्णिम युगमा नेपाली क्रिकेट
विश्व क्रिकेटमा एसोसिएट राष्ट्रमाझ नेपाल ठूलो माछा हो । त्यसैले यही वैशाख महिनामा घरेलु मैदानमा एसिसी प्रिमियर कपमा सहभागी हुँदा नेपाललाई उपाधिको प्रमुख दाबेदार मानियो । नेपालले अपराजित रहेर च्याम्पियन बनी आफूमाथिको विश्वासलाई सही साबित पनि ग¥यो । दस टिम सहभागी यस प्रतियोगितामा युएई, ओमान जस्ता बलिया टिमबिच नेपालले सजिलै प्रतियोगिता जितेको हो । यो प्रतियोगिता एसिया कपको छनोट पनि थियो । त्यसैले च्याम्पियन नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा खेल्ने पक्का भयो । नेपालले एसिया कपमा खेल्न लागेको यो पहिलो पटक हो । यस अर्थमा नेपाली क्रिकेटले इतिहास कायम ग¥यो ।
संकटालाई हराउँदै रेलिगेसनबाट जोगियो पुलिस क्लब
दशरथ रंगशालामा भएको खेलमा संकटा क्लबलाई २-१ ले हराउँदै पुलिस क्लब १९ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ ।
रारा गोल्डकपको उपाधि सलहेश पोल्टामा
धनकुटाको राजारानीमा भएको १० औँ गोर्खा रारा गोल्ड कपको उपाधि सिराहाको सलहेश फुटलव क्लबले जितेको छ ।
वीच भलिबलमा गण्डकी र आर्मीको विजयी सुरुवात
राष्ट्रिय पुरुष वीच भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् । पाल्पाको रानीमहलमा बिहीबार सुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पा र बागमतीलाई २–० को सोझो सेटमा हराएका हुन् ।
खेलाडीले जितेको पुरस्कार रकमले असक्तलाई खाद्यान्न सहयोग
कनकाई नगरपालिका २ का खेलाडीहरुले वार्डस्तरीय फुटबल प्रतियोगितामा जितेको पुरस्कार रकम असहायलाई खाद्यान्न खरिद गरेर बितरण गरेका छन् ।
फ्रेन्ड्समाथि जावलाखेलको फराकिलो जित
जावलाखेल यूथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबमाथि फराकिलो जित हात पारेको छ । च्यासल मैदानमा बिहीबार भएको खेलमा जावलाखेलले फ्रेन्ड्स क्लबलाई ४-१ गोलले हरायो ।
फ्रेन्डसीप तेक्वान्दो दक्षिण कोरियामा
इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।
पेमा युवा क्लबको विजयी सुरुवात
पूर्वी पहाडको प्रतिष्ठित सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औ संस्करण बुधबार देखि सुरु भएको छ ।
विभागीय डर्वीमा एपीएफको बाजी
शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीचको विभागीय डर्वीमा एपीएफले बाजी मारेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा एपीएफले आर्मीलाई ३-० गोलले हरायो ।
कान्तिपुर हाफ म्याराथन जेठ ६ मा हुने
११औं कान्तिपुर हाफ म्याराथन जेठ ६ गते हुने भएको छ । म्याराथनको यसपालि मुख्य नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको बुधबार आयोजित पत्रकार सम्मेलनमा कान्तिपुर पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी दिनुभयो ।
आदिवासी खेलकुद संघमा भुपेन्द्र
आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भुपेन्द्र गुरुङलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेको छ ।
एक दिवसीय विश्वकप छनोट खेल्ने टोलीको तय
जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट क्रिकेटमा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ ।
च्याम्पियन्स लिगमा रियल र सिटीको बराबरी
स्पेनिस क्लब रियल म्याड्रिड र इङ्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको पहिलो लेगमा बराबरी खेलेका छन् ।
खेलकुद मन्त्रीलाई राखेपको बधाइ र स्वागत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूको सम्मानमा बधाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ ।
एनएसजेएफलाई एआइपीएस एसिया अवार्ड
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले ‘एआइपीएस एसिया बेस्ट स्पोर्ट्स मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।
एनआरटीसँग बराबरीमा रोकियो थ्रीस्टार
उपाधि दावेदार थ्रीस्टार क्लब शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम (एनआरटी) क्लबसँग बराबरीमा रोकिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो ।
आयुब र रुपेशलाई स्वर्ण
नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ ।
रानीमहलमा हुने राष्ट्रिय बीच भलिबलको तयारी पुरा
पाल्पाको रानीमहलमा हुने राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
भारत पाकिस्तान विवादले एसिया कप क्रिकेट अन्योलमा
भारत र पाकिस्तानको विवादका कारण एसिया कप क्रिकेट प्रतियोगिता अन्योलमा परेको छ ।
नेपाललाई अन्तर्राष्ट्रिय खेलको हबको रूपमा विकास गरियोस् : सांसद देवकोटा
राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरूलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।