• २१ असार २०८१, शुक्रबार

उसुमा विपन र अस्मितालाई स्वर्ण

blog

उसुमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं, असार २१ गते । निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जित्नुभएको हो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा विपनले ८.५५ अंक जोड्नुभयो । बुलबुले उसु क्वानका सुरेश चौधरी ८.४३ अंकसाथ दोश्रो तथा कैलाली उसु क्वानका आयुश चौधरी ८.४० अंकसाथ तेश्रो हुनुभयो । 

अस्मिताले ८.३८ अंक जोड्नुभयो । बुलबुलेकी आशा शाही ८.२१ अंकसहित दोश्रो तथा शिअ उसु क्वानकी दीपिका चौधरी ६.७० अंकसहित तेश्रो हुनुभयो । 

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको सान्सौंतर्फ पुरुष ४८ केजीमा शिअका रोहित गाहा मगर र काठमाडौं उसु क्वानका मिलन राई फाइनलमा पुग्नुभयो । कालभैरवका सुनिल तामाङ र रामेछाप उसु क्वानका लिबन सुनुवारले कांस्य जित्नुभयो । 

पुरुष ५६ काठमाडौंका विशाल विष्ट र ड्रागन उसु क्वानका आशिष तामाङले फाइनलमा स्थान सुरक्षित गर्नुभयो । वरियर उसु क्वानका पूर्ण तामाङ तथा किन्डर गार्डेन उसु क्वानका कृतिम श्रेष्ठ तेश्रो हुनुभयो ।