• १० मंसिर २०८१, सोमबार

एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा

blog

काठमाडौं, असार २३ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलङ्कामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा सूर्य तामाङ, सन्दीप जोरा, श्याम ढकाल र देव खनालले पुनरागमन गर्नुभएको छ । सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी पनि टोली बाहिर हुनुहुन्छ ।

क्यानडामा आयोजना हुने टी-२० ग्लोबल खेल्न जान लागेका कारण सन्दीप र दीपेन्द्रलाई टोली बाहिरी राखिएको हो । आइसिसी एक दिवसीय विश्वकप खेलेका चार खेलाडीमा करण केसी र ज्ञानेन्द्र मल्ललाई पनि विश्राम दिइएको छ ।

प्रतियोगिता १३ जुलाई १३ देखि जुलाई २३ सम्म श्रीलङ्कामा हुनेछ । प्रतियोगितामा नेपाल समूह  ‘बी’ मा रहेको छ । यस समूहमा नेपाल, संयुक्त अरब इमिरेट्स (युएई), पाकिस्तान र भारत ‘ए’ छन् । समूह  ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान रहेका छन् ।

नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ‘ए’ सँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई १७ मा भारत ‘ए’ सँग खेल्नेछ । नेपालले जुलाई १९ मा युएईसँग खेल्नेछ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता रहने छैन ।