• १३ असोज २०८१, आइतबार

पूर्व राष्ट्रिय खेलाडी सम्मानित

blog

नेपालगञ्जमा पूर्व राष्ट्रिय खेलाडीको सम्मान गरिँदै । तस्बिर : गोविन्द शर्मा ।

गोविन्द शर्मा

बाँके, असार २५ गते । नेपालको प्रतिनीधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पूर्व राष्ट्रिय खेलाडीहरुलाई ‍सम्मान गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ ले निर्माण गरेको धम्बोझी ब्याडमिन्टन प्रशिक्षण केन्द्रको उद्घाटनका अवसरमा धम्बोझीका स्थायी बासिन्दाले पूर्व खेलाडीहरुको सम्मान गरेको हो। 

भलिबलका राजुराज शाही, कबड्डीका शाबन्ती सिंह, सुटिङका रमेश मल्ल र अशोककुमार पुन मगर, किक वक्सिङका राजु थापामगर, फुटबलका लक्ष्मी गुरुङ र लक्ष्मण थापामगर सम्मानित हुनुभएको छ । पूर्व राष्ट्रिय खेलाडीहरुको सम्मान गर्दै पूर्व मन्त्री मोहम्मद इस्तियाक राईले यस सम्मानले नयाँ खेलाडीलाई पनि प्रोत्साहन हुने बताउनुभयो । 

नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले एक करोड १५ लाखको लागतमा ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको जानकारी दिनुभयो । वडा अध्यक्ष रिजालले भन्नुभयो, “नेपालगञ्जको धम्बोझीलाई खेलकुदको हब बनाउने गरि स्पोर्टस एकेडेमीसँगै ब्याडमिन्टन प्रशिक्षण केन्द्रको निर्माण गरिएको छ ।” उहाँले प्रशिक्षण केन्द्रमा विद्यार्थी र नयाँ खेलाडीलाई उपयुक्त हुने बताउनुभयो । 

पूर्व मन्त्री राई र नगर प्रमुख विष्टले ब्याडमिन्टन प्रशिक्षण केन्द्रको उद्घाटन गर्नुभयो । सो अवसरमा प्रदेश सभा सदस्य रत्न खत्री, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले ब्याडमिन्टन प्रशिक्षण केन्द्र हालको उद्देश्य अनुसार नियमित सञ्चालनमा आउने व्यवस्था गर्न सुझाव दिनुभयो । 

यसैबीच वडा कार्यालयको आयोजनामा नवनिर्मित ब्याडमिन्टन प्रशिक्षण केन्द्रमा भेट्रान प्रतियोगिता सुरु भएको छ ।