• १४ वैशाख २०८१, शुक्रबार

रेगन र सुचित्रा सम्मानित

blog

काठमाडौं, असार २३ गते । मानसिंह डोजोले १५औँ कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ । डोजोले रेगन घले र सुचित्रा गुरुङलाई सम्मान गरेको हो । 

दक्षिण कोरियाको बुसानमा जुलाई १ देखि २ तारिखसम्म भएको प्रतियोगिताअन्तर्गत पुरुष १०–११ वर्षमा रेगन तथा महिला ८–९ वर्षको एकल काता र कुमुतेमा सुचित्राले स्वर्ण जित्नुभएको थियो । 

कोरिया ओपनमा टोलीको नेतृत्व गरेका मानसिंह डोजोका प्रमुख एवं अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जन पनि सम्मानित हुनुभएको छ । सोही अवसरमा युएस ओपन कराते च्याम्पियनसिपको सिनियर पुरुष एकल कातामा स्वर्ण जितेका सुमन तिमिल्सनालाई पनि सम्मान गरिएको थियो ।

खेलाडीसंग तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन र नेपाल कराते महासङ्घका सदस्य शशिकुमार तितुङले एक कार्यक्रमबीच सम्मान गर्नुभयो । 

यस्तै, सोही कार्यक्रममा मलेसियाको मेलाकामा जुलाई २१–२३ तारिखसम्म हुने एक/एफ सिनियर कराते च्याम्पियनसिपमा भाग लिने खेलाडी मीनबहादुर तामाङ र एलिना विकलाई पनि बिदाइ गरिएको थियो ।