बार्सिलोना उपाधि नजिक
बार्सिलोना स्पेनिस ला लिगा फुटबलको उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा शीर्षस्थानको बार्सिलोनाले १० खेलाडीमा समेटिएको ओसासुनालाई १–० गोलले हरायो ।
यात्रा एसिया कप : प्रतिस्पर्धा भारत र पाकिस्तानसँग
नेपाली क्रिकेटले अर्को ठूलो फड्को पार गरेको छ। एसीसी प्रिमियर कपको उपाधि मङ्गलबार जितेपछि नेपाल एसिया कपका लागि चयन भएको छ। यससँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा अब नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
जावलाखेललाई पुलिसको झट्का
शहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि दौडमा रहेको जावलाखेल युथ क्लबलाई विभागीय टोली नेपाल पुलिस क्लबको नमिठो झट्का लागेको छ ।
नेपाली खेलाडीको प्रदर्शनमा खुशी छुः मोन्टी देशाई
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपाल एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाल्दै एसिया कपमा स्थान बनाउँदा प्रदर्शन गरेको खेलमा आफू सन्तुष्ट रहेको बताउनुभएको छ।
क्रिकेट टिमलाई राष्ट्रपति पौडेलको बधाई
राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी प्रिमियर कप क्रिकेटको विजेता नेपाली क्रिकेट टिमलाई बधाई दिनुभएको छ।राष्ट्रपति कार्यालयले मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै बधाई दिएको हो।
प्रधान सेनापति टेनिस हुने
दोस्रो संस्करणको प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता वैशाख २८ देखि जेठ ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
सन्दीप प्रिमियर कपको सर्वोत्कृष्ट खेलाडी
स्पिनर सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी ‘प्लेयर अफ दि सिरिज’ चुनिनु भएको छ ।
प्रधानमन्त्री प्रचण्डद्वारा नेपाली टोलीलाई बधाई ज्ञापन
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
युएईलाई हराउँदै नेपाल च्याम्पियन
गुलशन झाले अर्धशतकीय इनिङ्स खेलेपछि नेपाल एसीसी प्रिमियर कप च्याम्पियन बनेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई सात विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
लेस्टर र एभर्टनको बराबरी
लेस्टर सिटी र एभर्टनले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले एभर्टनसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।
नेपाललाई युएईको एक सय १८ रनको सामान्य लक्ष्य
एसीसी प्रिमियर कपको फाइनलमा नेपाललाई जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले एक सय १८ रनको सामान्य लक्ष्य दिएको छ ।
वैशाख २२ गतेबाट रारा गोल्डकप
आउँदो वैशाख २२ गतेबाट अग्नि वसुन्धरा स्मृति १० औँ गोर्खा स्ट्रङ रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ ।
एसियाडका लागि बक्सिङको प्रारम्भिक छनोट सुरु
चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुद (एसियाड)का लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
नेपाल र युएईको खेल रोकियो
एसीसी प्रिमियर कपको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच सोमबारको फाइल खेल वर्षाका कारण रोकिएको छ ।
अभिषेक र अभिलाषालाई टेनिस उपाधि
अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौँ सिटिजन्स बैङ्क खुला टेनिस प्रतियोगिताको उपाधि जित्नुभएको छ ।
नेपाल र युएईको फाइनल खेलमा वर्षा बाधक
त्रिवि मैदानमा कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको छ ।
म्यानचेस्टर सिटी शीर्षस्थानमा
साबिक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
पीएसजीलाई लोरियन्टको धक्का
फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई लोरियन्टको नमिठो धक्का लागेको छ ।
नेपाल युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै
एसीसी प्रिमियर कपको फाइनलमा आज (सोमबार) नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
केन्द्रस्तरीय राष्ट्रपति रनिङमा लुम्बिनीको ह्याट्रिक
लुम्बिनी प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधिमाथि ह्याट्रिक गरेको हो ।
एसीसी प्रिमिर कपमा ओमान तेस्रो
एसीसी प्रिमियर कप क्रिकेटमा ओमान तेस्रो भएको छ ।
जाउलाखेल र संकटाको बराबरी
एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेल र संकटा १–१ गोलको बराबरीमा रोकियो ।
गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि
कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
फुल कन्ट्याक्ट कराते हुने
नेपाल क्योकुशिन कराते-डो सङ्घ बज्र (आइकेओबी) अन्तर्राष्ट्रिय कराते सङ्गठनको आयोजनामा वैशाख २२ र २३ गते २१औँ राष्ट्रिय पुरुष खुला एवम् १४औँ राष्ट्रिय महिला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।