काठमाडौं, असार १३ गते । चीनको होङ्झावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि भारोत्तोलनमा चार खेलाडी छनोट भएका छन् ।
अन्तिम छनोट प्रतियोगिताबाट समान पुरुष/महिलामा दुई दुई गरी चार खेलाडी छनोट भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिनुभयो ।
पुरुष ८१ केजीमा कञ्चनपुरका विकास भट्ट तथा ९६ केजीमा नेपाल प्रहरीका विशालसिंह विष्ट छनोट हुनुभयो । महिला ५५ केजीमा प्रहरीकी टीकामाया गुरुङ र ६४ केजीमा नेपाल आर्मीकी शारदा चौधरी छनोट हुनुभयो । एसियाली खेलकुद असोज ६ गतेदेखि सुरु हुँदैछ ।