• १२ असोज २०८१, शनिबार

साफ च्याम्पियनसिप : कुवेत फाइनलमा

blog

काठमाडौं, असार १६ गते । आमिन्त्रत टोली कुवेत भारतको बेङ्लोरमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । श्री कान्तिरभा स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा कुवेतले बंगलादेशलाई १–० गोलले हरायो ।

प्रतिस्पर्धात्मक खेलमा कुवेतले अतिरिक्त समयमा निर्णायक गोल गरेको हो । कुवेतको जितमा मोहमद अब्दुल्लाह अलब्लोउसीले अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा गोल गर्नुभयो । 

कुवेत समूह ‘ए’ को विजेता र बंगलादेश समूह ‘बी’ को उपविजेता बन्दै सेमिफाइन्लमा पुगेको थियो । फाइनलमा कुवेतले भारत र लेबनानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । भारत र लेबनानबीचको दोस्रो सेमिफाइनल खेल शनिबार अबेर हुनेछ ।