• १२ असोज २०८१, शनिबार

नेपालको फिफा वरीयता एक स्थान खस्कियो

blog

काठमाडौं, असार १४ गते । नेपाली राष्ट्रिय फुटबल टोलीको वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको छ ।

नेपाल भर्खर मात्र भारतमा जारी साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको थियो । नेपालले समूहको खेलमा ओमान र भारतसँग हार खेपेको थियो भने पाकिस्तानलाई हराएको थियो । 

वरीयतामा दक्षिण एसियाली देशमा नेपाल तेस्रो स्थानमा छ । भारत समग्रमा एक सय स्थानमा छ । माल्दिभ्स एक सय ५४औँ, भुटान एक सय ८४औँ, बङ्गलादेश एक सय ९२औँ, पाकिस्तान दुई सय एक र श्रीलङ्का दुई सय सातौँ स्थानमा छ ।

विश्व वरीयताको शीर्षस्थानमा विश्वकप विजेता अर्जेन्टिना यथावत् छ । यस्तै विश्वकप उपविजेता फ्रान्स, ब्राजिल, इङ्ल्यान्ड, बेल्जियम, क्रोएसिया, नेदरल्यान्ड्स, इटाली, पोर्चुगल र स्पेन क्रमशः दोस्रो देखि १०औँ स्थानमा रहेको छ ।