• १३ मंसिर २०८१, बिहिबार

नेपालका सात खेलाडी एसियन एथलेटिक्स च्याम्पियनसिप खेल्दै

blog

एसियन एथलेटिक्स च्याम्पियनसिप खेल्ने नेपाली टोली ।

काठमाडौं, असार २३ गते । थाइल्यान्डमा जुलाई १० देखि १७ तारिखसम्म आयोजना हुने २५औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

च्याम्पियनसिपमा नेपालका दीपक अधिकारी, मुकेश पाल, सोमबहादुर कुमाल, शिवराज पार्की, राजपुरा पछाई, फुलमती राना र आयुष कुँवरले प्रतिस्पर्धा गर्न लाग्नुभएको हो ।

चीनमा हुने एसियाली खेलकुद (एसियाड) को तयारीका लागि खेलाडीलाई एसियन च्याम्पियनसिपमा पठाउन लार्गिको नेपाल एथलेटिक्स सङ्सले जनाएको छ ।  थाइल्यान्डले एसियाडको तयारीका लागि एसियन च्याम्पियनसिपको आयोजना गरेको हो । 

च्याम्पियनसिपमा दीपक अधिकारीले ५ हजार र १० हजार मिटर, मुकेश पालले ५ हजार र १५ सय मिटर, सोमबहादुर कुमालले ४ सय र ८ सय मिटरमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

यस्तै, शिवराज पार्कीले सय र दुई सय मिटर, राजपुरा पछाइले ५ हजार मिटर, फुलमती रानाले ८ सय र १५ सय मिटर, आशुय कुँवरले सय र दुई सय मिटरमा प्रतिस्पर्धा गर्ने एथलेटिक्स सङ्घले जनाएको छ ।

च्याम्पियनसिप खेल्न जाने खेलाडीलाई शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले बिदाइ गर्नुभयो ।