• २० असोज २०८१, आइतबार

खेलकुदमा अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक : मन्त्री लिम्बू

blog

युवा तथा खेलकुद मन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै । तस्विर : गोरखापत्र

हरि कोइराला

उर्लाबारी, असार ३१ गते । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान नभएकोले खेल क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउनुभएको छ । 

आइतबार मोरङको सुन्दरहरैचामा नेपाल प्रेस युनियनको ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । युवा तथा खेलकुद मन्त्रालयको पुरै संरचना परिवर्तन गरेर खेलाडीले बाह्रै महिना प्रशिक्षण गर्न पाउने वातावरण नभएसम्म खेल क्षेत्रको विकास नहुने मन्त्री लिम्बूले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘खेलाडीको जीवन बीमा र अभ्यासका लागि प्रदेश पिच्छे अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माण आवश्यक छ । त्यसका लागि खेलकुद मन्त्रालयले बजेटको ब्यवस्थापन गर्नेछ । ठूला देशहरूलाई युद्धमा जित्न सकिन्न । तर, खेलमा हराउन सकिन्छ, त्यसैले अब खेलकुदका माध्यमबाट देशको परिचय स्थापित गर्नुपर्छ ।’’

साही अवसरमा मन्त्री लिम्बूले मोरङका ६ जना पत्रकारहरूलाई सम्मान गर्नुभयो ।