खप्तड शैलेश्वरी म्याराथनमा त्रिभुवन आर्मीका खड्का प्रथम
हाई अल्टिच्युड खप्तड शैलेश्वरी म्याराथन प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का प्रथम हुनुभएको छ ।
साफ फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतको बेंगलुरुमा असार ६ देखि १८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबलका लागि प्रारम्भिक चरणमा ३० खेलाडी छनोट गरेको छ ।
सन्दीप दक्षिण अफ्रिका नजाने
नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीम लामिछाने जिम्बावेमा आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलको तयारीका लागि टोलीसँग दक्षिण अफ्रिका नजाने हुनुभएको छ ।
एन्फा बैठकको निर्णयमा केन्द्रीय पदाधिकारीको असहमति
अखिल नेपाल फुटबल संघ (एन्फा) को गत वैशाख २५ गते बसेको आपतकालिन कार्यसमिति बैठकले पारित गरेको आर्थिक एजेन्डाको विषयमा असहमति जनाउँदै एन्फाका उपाध्यक्षसहित तीन सदस्यले ‘नोट अफ डिसेन्ट’ बुझाएका छन् ।
गल्फको टिम स्पर्धामा नेपाललाई स्वर्ण
नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगितामा टिम स्पर्धाको स्वर्ण नेपालले जितेको छ ।
आर्मीलाई हराउँदै जावलाखेल उपाधि होडमा
विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै जावलाखेल यूथ क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि होडमा फर्किएको छ ।
मलेसियाविरुद्ध दोस्रो खेलमा नेपालको सानदार जित
मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले सानदार जित निकालेको छ ।
चेन्नईलाई आइपिएल क्रिकेट उपाधि
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि चेन्नई सुपर किंग्सले जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सोमबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस प्रणालीको आधारमा पाँच विकेटले हराउँदै चेन्नई च्याम्पियन बनेको हो ।
खेलाडीलाई युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा
सरकारले बजेटमा खेलाडीलाई स्वरोजगार बन्नचाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रश्तुत गर्नुहुँदै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।
सुमन र मन्जुलाई एभरेस्ट म्याराथन उपाधि
१९औ तेन्जिङ हिलारी एभरेस्ट म्याराथन (४२ किमी) पुरुषतर्फको उपाधी सुमन कुलुङ राई र महिलातर्फ मन्जु रावतले जित्नुभएको छ ।
महेन्द्रनारायण निधि राष्ट्रिय टी—२० क्रिकेट प्रतियोगिता सुरु
जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा सोमबारबाट महेन्द्रनारायण निधि राष्ट्रिय टी—२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको आज एक कार्यक्रमबीच पूर्व उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले ब्याटिङ गरेर उद्घाटन गर्नुभयो ।
रारामा तेस्रो म्याराथन प्रतियोगिता हुँदै
मुगुको रारामा तेस्रो म्याराथन दौड प्रतियोगिता हुने भएको छ । श्रीबक्स गुल्म, रारा हुटु र छायाँनाथ रारा नगरपालिकाको संयुक्त आयोजनामा जेठ २० गते म्याराथन हुने गुल्मले जनाएको छ ।
विश्वकप छनोट टोलीको घोषणा
जिम्बावेमा असार ३ गतेदेखि आयोजना हुने आइसिसी एक दिवसीय विश्वकप छनोट खेलका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार राति १६ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो ।
बार्सिलोनाको सहज जित
रेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको मालोर्कालाई ३–० गोलले हरायो ।
च्याम्पियन सिटी अन्तिम खेलमा पराजित
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि जितिसकेको म्यानचेस्टर सिटी असन्तिम खेलमा ब्रेन्टफर्डसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटी ब्रेन्टफर्डसँग उसैको मैदानमा १–० गोलले पराजित भएको हो ।
टी–२० अन्तर्राष्ट्रिय : नेपाल मलेसियासँग पराजित
मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । मलेसियास्थित वाइएसडी यूकेएम ओभलमा सोमबार भएको पहिलो खेलमा नेपाल मलेसियासँग पाँच विकेटले पराजित भयो ।
काभा महिला भलिबल : भारत च्याम्पियन
एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उपाधि भारतले जितेको छ ।
खेलकुद मन्त्रीलाई खेलाडी सङ्घको ज्ञापन पत्र
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए)ले ज्ञापनपत्र बुझाएको छ ।
अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो
नेपालले उज्बेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।
बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन
काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोस्रो भएको थियो ।
खेलकुदको अवस्था परिवर्तन गर्न लगानी र सोच आवश्यक
नेपाली जनताले लामो सङ्घर्ष र आन्दोलन गरेर प्राप्त गरेको ठूलो उपलब्धि हो, गणतन्त्र। गणतन्त्र स्थापना भएपनि नेपालको हरेक क्षेत्रले अपेक्षा अनुसार परिवर्तन गर्न नसकेको यथार्थ छ। अझ खेलकुद पुरानै संरचना र ढर्रामा चलिरहेको छ।
माउन्टेन बाइकिङ रिले दौड (सिजन एक) सञ्चालन
दोलखाको भीमेश्वर नगरपालिकाको सहकार्यमा यती ओरिजिन्स काठमाडौँले फ्रिडम प्रोजेक्टमार्फत माउन्टेन बाइकिङ रिले दौड ( सिजन एक ) सञ्चालन गर्न लागेको छ ।
एसियाली खेलकुदको तयारी बारे छलफल
राष्ट्रिय खेलकुद परिषद्ले आसन्न एसियाली खेलकुद (एसियाड)को तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसँग छलफल गरेको छ ।
भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि
भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन् ।