• १९ असार २०८१, बुधबार

फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा

blog

समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दैै आयोजक अष्ट्रेलिया र क्यानडाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन १५ गते । आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।

मेलबर्न रेक्टान्गुलर रंगशालामा सोमबार भएको समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले क्यानडालाई ४–० गोलले हरायो । अस्ट्रेलियालाई जित दिलाउन हेली रासोले दुई तथा मेरी फाउलर र स्टेफनी क्याटलीले एक एक गोल गर्नुभयो ।

जितसँगै तीन खेलमा ६ अङ्क जोड्दै अस्ट्रेलिया समूहको शीर्ष स्थमामा रह्यो । पहिलो पराजय ब्यहोरेको क्यानडा समान खेलमा चार अङ्कका साथ तेस्रो स्थानमा रहेर बाहिरिएको छ । 

यसअघि रिपब्लिक अफ आयरल्यान्डलाई पराजित गरेको अस्ट्रेलियाले नाइजेरियासँग हार ब्यहोरेको थियो । यसैगरी नाइजेरियासँग बराबरीमा रोकिएको क्यानडाले आयरल्यान्डलाई हराएको थियो । 

अर्को खेलमा नाइजेरियाले आयरल्यान्डसँग गोलरहित बराबरी खेल्दै अन्तिम १६ मा स्थान बनाएको हो । नाइजेरियाले तीन खेलमा पाँच अङ्क जोड्यो । आयरल्यान्ड समान खेलबाट एक अङ्कका साथ पुछारमा रह्यो ।

यसअघि क्यानडासँग बराबरी खेलेको नाइजेरियाले अस्ट्रेलियालाई हराएको थियो । आयरल्यान्ड अस्ट्रेलिया र क्यानडासँग पराजित भएको थियो । एजेन्सी