• २४ असार २०८२, मङ्गलबार

आईटीएफ तेक्वान्दो टोली भारत प्रस्थान

blog

नेपाली आईटीएफ टोली ।

काठमाडौं, साउन १५ गते । सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।

नेपाली टोलीको खेलाडीमा लीलाकुमारी सापकोटा, सुनिल महतो, सञ्चिता श्रेष्ठ, तेन्जिङ दावा तामाङ, सविना तामाङ, मुना राई, रोनिका पराजुली, अनिल खड्का, रोशन घिसिङ, विनीता थापा मगर, निर्मल लामा, साहिल दोङ, डोल्मा गुरुङ र रिक्साङ वाइबा तामाङ रहनु भएको छ । 

प्रशिक्षकमा ईश्वर थापामगर, धनराज तामाङ, सपुत मोक्तान र मोतीलाल घिसिङ हुनुहुन्छ । प्रतियोगितामा अञ्जन धमला, अन्जु रावत, पुकार केसी, रूपसिंह तामाङ, राजेश बोलाखे, तुलसी थापा मगर र दिलमाया गुरुङले अम्पायरको भूमिका निर्वाह गर्नुहुनेछ ।

प्रतियोगिता अगस्ट ४ देखि ६ तारिखसम्म हुनेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल आईटीएफ तेक्वान्दो महासङ्घका सदस्य गोपाल श्रेष्ठले बिदाइ गर्नुभयो ।