• २२ असार २०८१, शनिबार

तेक्वान्दो निर्णायक अशोक कोरिया जाँदै

blog

बिदाइ अवसरमा निर्णायक अशोक खड्का ।

काठमाडौं, साउन १४ गते । किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाँदै हुनुहुन्छ ।

विश्व ¥याङकिङ जी २ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक कोरिया जान लाग्नुभएको हो । प्रतियोगिता अगस्ट २ देखि ७ तारिखसम्म हुनेछ ।

उहाँले ग्योरोगी र पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । उहाँलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।