• १० मंसिर २०८१, सोमबार

फिफा महिला विश्वकप : जापान र स्पेन नकआउट चरणमा

blog

समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै जापान र स्पेनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन १५ गते । जापान र स्पेन फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत सोमबार भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले हरायो ।

समूहमा अपराजित रहेको जापान समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको हो । जापानसँग  हारेपनि स्पेनले समूह उपविजेताको रूपमा नकआउट चरणमा स्थान बनाएको हो । 

स्पेनविरुद्ध एकपक्षीय प्रदर्शन गरेको जापानलाई जित दिलाउन हिनाता मियाजावाले १२औँ र ४०औँ मिनेटमा दुई गोल गर्नुभयो । रिको युकीले २९औँ र मिना तानाकाले ८२औँ मिनेटमा गोल गर्नुभयो । 

जापानले तीन खेलबाट नौ अङ्क बनायो । स्पेनले समान खेलबाट ६ अङ्क जोड्यो । यस समूहबाट तीन अङ्क बनाएको जाम्बिया र अङ्क विहीन कोस्टारिका बाहिरिएका छन् । सोमबार नै भएको समूहको अर्को अन्तिम खेलमा जाम्बियाले कोस्टारिकालाई ३–१ गोलले हराएको हो । एजेन्सी