• १० मंसिर २०८१, सोमबार

फिफा महिला विश्वकप फुटबल

नेदरल्यान्ड्स र अमेरिका नकआउट चरणमा

blog

समूह ‘ई’ को अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै नेदरल्यान्ड्स र भियतनामका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन १६ गते । नेदरल्यान्ड्स र साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह ‘ई’ अन्तर्गत मंगलबार भएको खेलमा नेदरल्यान्ड्सले एसियाली प्रतिद्वन्द्वी भियतनामलाई ७–० गोलले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो । जारी विश्वकपमा नेदरल्यान्ड्सको यो फराकिलो जित हो ।

अर्को खेलमा अमेरिकाले पोर्चुगललाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनायो । नेदरल्यान्ड्स समूह विजेता र पोर्चुगल उपविजेता बनेको छ । यस समूहबाट भियतनाम र पोर्चुगल बाहिरिएका छन् । 

नेदरल्यान्ड्सको सहज जितमा एस्मी ब्रुगट्स र जिल रुडले दुई दुई दुई गोल गर्नुभयो । काट्जा स्नोएजस, लिएके मार्टेन्स र ड्यानिले भान डे डोन्कले एक एक गाल थप्नुभयो ।  एजेन्सी