काठमाडौं, साउन १४ गते । जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
च्याम्पियनसिपमा नेपालका प्रतीक श्रेष्ठ, इमान महर्जन र एन्जस डङ्गोलले प्रतिस्पर्धा गर्ने कीर्तिपुर मार्सल आर्ट्स अरगनाइजेसनले जनाएको छ । च्याम्पियनसिपमा सहभागी हुनुअघि खेलाडीले लुभ्समै अगष्ट ४ देखि १२ तारिखसम्म हुने सेमिनारमा भाग लिनेछन् ।
सेमिनारपछि प्रतियोगिता हुनेछ । टोलीका प्रशिक्षकमा राजीव महर्जन तथा अफिसियलमा रजनी डङ्गोल हुनुहुन्छ । नेपाली टोली मङ्गलबार जर्मनी प्रस्थान गर्नेछ ।