• २१ असार २०८१, शुक्रबार

फिफा महिला विश्वकप : इङ्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा

blog

बल खोस्ने प्रयास गर्दै इङ्ल्यान्ड र चीनका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन १६ गते । इङ्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।

समूह ‘डी’ अन्तर्गत मंगलबार भएको खेलमा ङ्ल्यान्डले चीनलाई ६–१ गोलले हरायो । अर्को खेलमा डेनमार्कले हैटीलाई २–० गोलले स्तब्ध बनायो । समूहको तीनै खेलमा शतप्रतिशत जित निकालेको इङ्ल्यान्ड नौ अङ्कसहित शीर्षस्थानमा रह्यो ।

समान खेलबाट ६ अङ्क बनाएको डेनमार्क समूह उपविजेता बन्यो । तीन अङ्क बनाएको चीन र अङ्कबिहिन हैटी विश्वकपबाट बाहिरिएको छ । एजेन्सी