काठमाडौं, साउन ११ गते । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न चार खेलको निरीक्षण गर्नुभएको छ ।
एथलेटिक्स, फुटबल, भलिबल र उसुको तयारी प्रशिक्षणमा रहेका खेलाडीको प्रशिक्षण निरीक्षण गर्नुभएको हो । चारै खेलको प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेको छ ।
सो अवसरमा मन्त्री लिम्बूले खेलाडीको तयारीसँग सम्बन्धित विविध पक्ष बारे जानकारी लिनुभएको थियो । असोज ६ गतेदेखि सुरु हुने हाङझाव एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदै छ ।