• १३ मंसिर २०८१, बिहिबार

सहमतिपछि खेलकुद पदाधिकारीको आन्दोलन स्थगित

blog

सहमति भएपछि तालाबन्दी खोल्दै । तस्विर : सिराज खान

सिराज खान 

नेपालगञ्ज, साउन २ गते । नेपालगन्जमा खेल पदाधिकारीको आन्दोलन स्थगित गरिएको छ । जिल्ला खेलकुद समितिका अध्यक्षलाई अपशब्द प्रयोग गर्ने इन्जिनियरले माफी माग्नुका साथै रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको कामको निरन्तर अनुगमनसहित समन्वय र सहकार्य गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो । 

बाँके जिल्ला खेलकुद समितिका अध्यक्ष सन्दीपजंग शाहले सहमतिपछि आन्दोलन स्थगित गरिएसँगै प्रदेश खेलकुद परिषद् लुम्बिनीको नेपालगन्जस्थित कार्यालयमा लगाइएको ताला पनि खोलिएको बताउनुभयो । उहाँले अब कुनै पनि निर्माण कार्य गर्दा जिल्ला र प्रदेशसँग समन्वय गरेर मात्र गर्ने सहमति भएको जनाउँदै रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको हालसम्म भएको भुक्तानीको बिलविजक सार्वजनिक गरिने सहमति पनि भएको बताउनुभयो । 

खेल पदाधिकारीले आन्दोलन गरेर तालाबन्दी गरेपछि मङ्गलबार नेपालगन्ज पुग्नुभएका प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराई, राखेपका सदस्य दीपेन्द्र विष्टसहितको सहभागितामा भएको छलफलमा आन्दोलन स्थगित गर्ने सहमति बनेको हो ।   

यो पनि पढ्नुहोस

नेपालगञ्जका खेल पदाधिकारी आन्दोलनमा