• ११ जेठ २०८१, शुक्रबार

टेबलटेनिस खेलाडी सेलिशालाई आर्थिक सहयोग

blog

सहयोग रकम हस्तान्तरण गरिँदै ।

काठमार्डौं, असार ३० गते । अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहनुभकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग गरेको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले सेलिशाका पिता सुनीललाई ९ लाख ६० हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो । 

टेबलटेनिस संघले सेलिशाको उपचार खर्च संकलन गर्न टेबलटेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो । सेलिशाको उपचारमा सहयोग गर्न संघले राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगता आयोजना गर्नुका साथै विभिन्न महानुभाव र संघ संस्थासंग आग्रह पनि गरिएको थियो ।

सबैबाट संकलित ९ लाख ६० हजार रुपियाँ उपचारका लागि हस्तान्तरण गरिएको हो । सेलिशाको भारतमा राजीव गान्धी अस्पतालमा उपचार भइरहेको छ ।