• २२ असार २०८१, शनिबार

स्वर्णविजेता सुमन सम्मानित

blog

स्वर्णविजेता सुमन तिमल्सिनालाई सम्मान गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू ।

काठमाडौं, असार २८ गते । नेपाल वादोरियो कराते डो सङ्घले अमेरिकामा भएको युएस ओपन विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्णविजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ । 

सिनियर पुरुष एकल कातामा स्वर्ण जित्नुभएका सुमनलाई वादोरियो कराते सङ्घको तेस्राे केन्द्रीय महाधिवेशनको उद्घाटन अवसरमा सम्मान गरिएको हो । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सुमनलाई प्रशंसा पत्रबाट सम्मान गर्नुभयो । 

सोही अवसरमा श्रीलङ्कामा भएको तेश्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताका पदक विजेता कमरुद्दिन अली (स्वर्ण), सम्यम कँडेल (स्वर्ण), शोभाकर पन्त (रजत) र पुरुषोत्तम पोखरेल (रजत) सम्मानित हुनुभयो । 

१९औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी ओपन करातेका स्वर्ण विजेता देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा कार्की, रजत विजेता आकृति कँडेल र कांस्य विजेता वैश्नवी शर्मालाई पनि सम्मान गरियो ।

त्यस्तै भारतमा भएको प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा स्वर्ण जितेका सागर काफ्ले, शरद कुँवर, अर्पण भण्डारी, विवेक विक, रजत जितेका सावित्री भण्डारी र मनीष रोकामगर तथा काँस्य विजेता युगन बस्याल र विसन थापामगरलाई पनि सङ्घले सम्मान गरेको छ ।