• १२ असोज २०८१, शनिबार

महिला विश्वकप फुटबल : जर्मनी र इटालीको विजयी सुरुवात

blog

मोरोक्कोविरुद्ध गोल गरेपछि खुसी मनाउँदै जर्मनीका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौं, साउन ८ गते । जर्मनी र इटालीले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेका छन् ।

समूह ‘एच’ अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले मोरोक्कोलाई ६–० गोलले हरायो । समूह ‘जी’ को अर्को खेलमा इटालीले अर्जेन्टिनामाथि १–० गोलको कठिन जित निकालेको हो । 

एकपक्षीय खेलमा जर्मनीलाई जिताउन अलेसान्ड्रा पोपले ११औँ र ३९औँ मिनेटमा दुई गोल गर्नुभयो । क्लारा वुलले ४६औँ र लिआ स्कुलेरले ९०औँ मिनेटमा गोल गर्नुभयो ।

जर्मनीले बाँकी दुई गोल ५४औँ र ७९औँ मिनेटमा मोरोक्कोबाट आत्मघाती उपहार पाएको थियो । जितसँगै जर्मनीले महत्त्वपूर्ण तीन अङ्क बनाएको छ । मोरोक्कोले हारबाट विश्वकपको शुभारम्भ गरेको छ । 

यस्तै न्युजिल्यान्डको अकल्यान्डमा भएको खेलमा इटालीलाई जिताउन क्रिस्टियना गिरेली निर्णायक गोल गर्नुभयो । गिरेलीले ८७औँ मिनेटमा गोल गर्दै इटालीलाई जिताउनुभएको हो । 

जितसँगै इटालीले समूहमा तीन अङ्क बनाएको छ । यस समूहमा स्विडेन को पनि तीन अङ्क छ । स्विडेनले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । अर्जेन्टिनाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ । एजेन्सी