काठमाडौं, साउन ७ गते । नेपाल इक्वेस्ट्रियन (घोडचढी) सङ्घको साधारण सभा तथा निर्वाचनले रवि राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिँदै १६ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
सङ्घको वरिष्ठ उपाध्यक्षमा नवराज सिलवाल, उपाध्यक्षमा प्रकाशजङ्ग कार्की र रमेशमान मल्ल चयन हुनुभएको छ । महासचिवमा लोकजङ्ग लामा, सचिवमा राममाया तामाङ र कोषाध्यक्षमा प्रेमबहादुर मोक्तानले जिम्मेवारी पाउनुभएको छ ।
सदस्यहरुमा मनऋषि धिताल, सन्तोष बुढाथोकी, हरिप्रसाद श्रेष्ठ, महेश श्रेष्ठ, तेन्जिङ थकाली, कर्मा गुरुङ, ज्ञानेन्द्र श्रेष्ठ, रामसुन्दर वके र सुमन बोम्जन तामाङ चयन हुनुभएको छ ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको साधारण सभाको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको थियो ।