• १० मंसिर २०८१, सोमबार

फिफा महिला विश्वकप फुटबल : पोर्चुगलले जित्दा अमेरिकाको बराबरी

blog

बल खोस्ने प्रयास गर्दै अमेरिका र नेदरल्यान्ड्सका खेलाडी । तस्बिर : एएफपी/रासस

काठमाडौं, साउन ११ गते । साबिक विजेता अमेरिका महिला विश्वकप फुटबलमा नेदरल्यान्ड्ससँग बराबरीमा रोकिँदा पोर्चुगलले भियतनामलाई हराएको छ ।

समूह ‘ई’ अन्तर्गत बिहीबार भएको खेलमा अमेरिका नेदरल्यान्ड्ससँग १–१ गोलको बराबरी रोकिएको छ । अर्को खेलमा पोर्चुगलले भियतनामलाई २–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलमा सुरुवातमा पछि परेको अमेरिकाले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो ।

नेदरल्यान्ड्सका लागि जिल रुडले १७औँ मिनेटमा गोल गर्नुभयो । अमेरिकाका लागि लिन्डसे होरानले ६२औँ मिनेटमा गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभएको हो । यस बराबरीसँगै समूहमा अपराजित रहेको अमेरिकाले दुई खेलबाट चार अङ्क बनाएको छ । नेदरल्यान्ड्सले समान खेलबाट चार अङ्क बनाएको छ । 

यसैगरी पोर्चुगलको जितमा टेलमा इनकारनाकाओले सातौँ र फ्रान्सिका नाजारेथले २१औँ मिनेटमा गोल गर्नुभएको थियो । जितसँगै पोर्चुगलले दुई खेलबाट तीन अङ्क बनाएको छ । पराजित भियतनाम अङ्क विहीन छ । यस बराबरीले पोर्चुगललाई अगाडि जान अर्को नजिता कुर्नुपर्ने भएको छ । 

यस्तै समूह ‘बी’ अन्तर्गत अर्को खेलमा नाइजेरियाले आओजक अष्ट्रेलियालाई ३–२ गोलले पराजित गरेको छ । जितसँगै समूहको शीर्षस्थानमा रहेको नाइजेरियाको दुई खेलबाट चार अङ्क छ । दोस्रो स्थानमा रहेको क्यानडाको पनि समान चार अङ्क छ । अष्ट्रेलियाको तीन अङ्क छ । अङ्कविहीन आयरल्यान्ड अन्तिममा छ । एजेन्सी