• १२ असोज २०८१, शनिबार

महिला विश्वकप फुटबल : स्विडेन र नेदरल्यान्ड्सको रोमाञ्चक जित

blog

आइतबारको खेलमा प्रतिस्पर्धा गर्दै स्विडेन र दक्षिण अफ्रिकाका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौं, साउन ७ गते । स्विडेन र नेदरल्यान्ड्सले फिफा महिला विश्वकप फुटबलमा रोमाञ्चक जित निकालेका छन् । समूह ‘जी’ अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हरायो । यस्तै समूह ‘ई’ को अर्को खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले पराजित गरेको छ । 

प्रतिस्पर्धात्मक खेलमा स्विडेनले पुनरागमन जित निकालेको हो । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा सुरुवाती अग्रता दक्षिण अफ्रिकाले लिएको थियो । दक्षिण अफ्रिकाका लागि हिल्डाह मागाइआकोले ४८औँ मिनेटमा गोल गर्नुभयो ।

त्यसपछि स्विडेनकी फ्रिाडोलिना रोल्फोले ६५औँ मिनेटमा बराबरी गोल गर्नुभयो । बराबरीतर्फ धकेलिएको खेलमा अमन्डा इलेसडेटले ९०औँ मिनेटमा गोल गर्दै स्डिेनलाई महत्त्वपूर्ण जित दिलाउनुभयो । जितसँगै स्डिेनले तीन अङ्क बनाएको छ । दक्षिण अफ्रिकाले हारबाट विश्वकप सुरु गरेको छ । 

यस्तै अर्को प्रतिस्पर्धात्मक खेलमा नेदरल्यान्ड्सलाई जिताउन स्टेफानी भान डेर ग्रागटले निर्णायक गोल गर्नुभयो । स्टेफानीले १३औँ मिनेटमा शेरिडा स्पिटसेको पासमा गर्नुभएको गोल नेदरल्यान्ड्सको जितमा पर्याप्त बन्यो ।

जितसँगै नेद्ल्यान्ड्सले तीन अङ्क बनाएको छ । पोर्चुगलले हारबाट विश्वकपको सुरुवात गरेको छ । एजेन्सी