• १२ असोज २०८१, शनिबार

फिफा महिला विश्वकप फुटबल

अमेरिका र जापानको सहज जित

blog

गोल गरेपछि जापानका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, साउन ६ गते । साबिक विजेता अमेरिका र जापानले फिफा महिला विश्वकप फुटबलको पहिलो खेलमा सहज जित निकालेका छन् । समूह ‘ई’ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाले एसियाली टोली भियतनामलाई ३–० गोलले हरायो । यस्तै समूह ‘सी’ अन्तर्गत अर्को खेलमा जापानले जाम्बियालाई ५–० गोलले स्तब्ध बनायो । 

अमेरिकाको जितमा अमेरिकाका लागि सोफियो स्मिथले १४औँ र पहिलो हाफको इन्जुरी समयमा दुई गोल गर्नुभयो । लिन्ड्सले होरानले ७७औँ मिनेटमा एक गोल थप्नुभयो ।

यसअघि अमेरिकाकी एलेक्स मोर्गन ४४औँ मिनेटमा पेनाल्टीमा चुक्नुभएको थियो । खेलभर अमेरिकाको दबाब झेलेको भियतनामको गोल फर्काउने प्रयास सफल भएन । जितसँगै अमेरिकाले समूहमा तीन अङ्क बनाएको छ । भियतनामले हारबाट विश्वकपको सुरुवात गरेको छ । 

यस्तै जापानको जितमा हानाता मायाजावाको दुई गर्नुभयो । मिना तानाका, जुन एन्डो र रिको उकेईले एक एक गोल थप्नुभयो । जितसँगै जापानले तीन अङ्क बनाएको छ । यस समूहमा स्पेन पनि समान तीन अङ्क जोड्दै दोस्रो स्थानमा छ । एजेन्सी