• १२ असोज २०८१, शनिबार

चेल्सी र युनाइटेड विजयी

blog

ब्राइटनविरुद्ध गोल गरेपछि चेल्सीका खेलाडी ।

काठमाडौं, साउन ७ गते । चेल्सी र म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगको प्रिसिजन टुरका जित निकालेका छन् । आइतबार भएको खेलमा चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनलाई ४–३ गोलले हरायो । अर्को खेलमा युनाइटेडले आर्सनललाई २–२ गोलले स्तब्ध बनायो । 

चेल्सीको जितमा क्रिस्टोफर एनकुन्कु, मिखाइलो मुड्रिक, कोनोर गालाघर र निकोलस ज्यासक्सनले गोल गर्नुभयो । ब्राइटनका लागि ड्यानी विलबेक, जाओ पेड्रो र डिनिज उन्देवले गोल गर्नुभयो ।

ब्राइटनले सुरुवाती अग्रता लिए पनि हार टार्न सकेन । यस्तै शनिबार राति अमेरिकामा खेलिएको खेलमा युनाइटेडलाई जिताउन ब्रुनो फर्नान्डेज र जाडोन सान्चोले गोल गर्नुभयो । एजेन्सी