• १२ असोज २०८१, शनिबार

महिला विश्वकप फुटबल : अष्ट्रेलियाको सुखद सुरुवात

blog

विश्वकपको पहिलो खेलमा प्रतिस्पर्धा गर्दै आयोजक अष्ट्रे्लिया र आयरल्यान्डका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौं, साउन ४ गते । आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा बिहीबार साँझ भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई १–० गोलले हरायो ।

अष्ट्रेलियाको जितमा स्टेफ क्याट्लेले ५२औँ मिनेटमा गोल गर्नुभयो । उहाँले पेनाल्टीमा गरेको गोल घरेलु टोलीको जितमा पर्याप्त बन्यो । डिबक्स भित्र आयरल्यान्डकी मारिसा सेभाले हेली रासोलाई फल हानेपछि अष्ट्रे्लियाले पेनाल्टीको अवसर पाएको थियो ।

जितसँगै अष्ट्रेलियाले समूहमा तीन अङ्क बनाएको छ । आयरल्यान्डले हारबाट विश्वकप सुरुवात गरेको छ । एजेन्सी