• १२ असोज २०८१, शनिबार

रियलले एसी मिलानलाई हरायो

blog

मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै रियल र एसी मिलानका खेलाडी ।

काठमाडौं, साउन ८ गते । युरोपियन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब एसी मिलानमाथि प्रतिस्पर्धात्मक जित निकालको छ । आइतबार राति भएको खेलमा रियलले एसी मिलानलाई ३–२ गोलले हरायो ।

पहिलो हाफमा मिलानले २–० गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको एसी मिलानले तीन गोल गर्दै खेल जितेको हो ।मिलानका लागि फिकायो टोमोरीले २५औँ र लुका रोमेरोले ४२औँ मिनेटमा गोल गर्नुभएको थियो ।

दोस्रो हाफमा जोसिएका रियलका लागि फेडे भालभर्डेले ५७औँ र ५९औँ मिनेटमा गोल गर्दे खेललाई बराबरीमा ल्याउनुभयो । त्यसपछि ८४औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई जिताउनुभयो । एजेन्सी