• १३ मंसिर २०८१, बिहिबार

राष्ट्रिय स्क्वास : राजेन्द्र क्वार्टरफाइनमै पराजित

blog

राष्ट्रिय स्क्वास प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौं, साउन २४ गते । राजेन्द्र शाक्य बुधबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलमा क्वाटरफाइनलमा सीमित बन्नुभएको छ । राजेन्द्र अन्तिम क्वाटरफाइनलमा उमित शाक्यसँग ११–५, ११–८, ११–८ ले पराजित हुनुभयो । 

एसियाली खेलकुदका पछिल्लो संस्करण जाकार्ता एसियाडमा नेपालको प्रतिनिधित्व गर्नुभएका राजेन्द्रले गत वर्ष पोखरामा भएको नवौँ राष्ट्रिय खेलकुदपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गर्नुभएको हो । 

राजेन्द्र र उमितबीचको खेलसँगै पुरुष एकलको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । एक दिनअघि साबिक विजेता अर्हन्त केशर सिंह, दीपक थापा र अमिर ब्लोन अन्तिम चारमा पुग्नुभएको थियो । उपाधि भिडन्तमा पुग्न बिहीबार अरहन्तले उमित र अमिरले दीपककको सामना गर्नुहुनेछ ।

बुधबार नै भएको मास्टर्स (प्लस ५०) विधाको सेमिफाइनल खेल जितेर प्रवीणवीर सिंह कंसाकार र सुदीपबहादुर सिंह उपाधि भिडन्तमा पुग्नुभएको छ । प्रवीणले प्रज्वल प्रकाश प्रधानलाई ११–६, १०–१२, ११–४, ११–८ र सुदीपले धीर पुनलाई ११–८, ११–५, ५–११, ११–८ ले हराउनुभयो ।