क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना
राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई राष्ट्रपति भवन शीतल निवासमा शुभकामना दिनुभएको छ ।
टी–२० सिरिज : नेपालको विजयी सुरुवात
नेपाली महिला क्रिकेट टोलीले चार देश सम्मिलित टी–२० सिरिजमा विजयी सुरुवात गरेको छ । मलेसियामा मंगलबार भएको सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो ।
दिलासा र रेहाना फाइनलमा
दिलासा राना र रिहाना शेरचनको जोडी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ ।
साफ यू–१९ को तयारीमा जुट्दै एन्फा
पाँचौँ संस्करणको साफ यू–१९ फुटबल च्याम्पियनसिप असोज ४ देखि १३ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुँदैछ । च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तयारी सुरु गरेको छ ।
राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकमा भण्डारी
नेपाली राष्ट्रिय फुटबल टोलीको व्यवस्थापकमा उत्तम भण्डारी नियुक्त हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सोमबार भण्डारीलाई व्यवस्थापकमा नियुक्त गरेको हो ।
स्पेनको जितमा नायक ओल्गालाई जब पिताको मृत्युको खबर लुकाइयो
तर, गोल र उपाधिले सिङ्गो विश्वलाई चकित बनाउनुभएकी ओल्गाको खुशी निमेषभरमै सकियो । स्पेनले महिला विश्वकप फुटबलको उपाधि चुमेपछि ओल्गालाई दु:खद समाचार सुनाइयो । जुन समाचार उहाँको पिताको निधनको थियो ।
तीन वर्षदेखि रोकिएको लाखेजात्रा फुटबल यस वर्ष हुने
कोभिड–१९ महामारीपछि रोकिएको ताप्लेजुङकै ऐतिहासिक एवम् ठुलो धनराशि भएको फुटबल प्रतियोगिता यो वर्ष सञ्चालन हुने भएको छ ।
हङकङ र थाइल्याण्ड एसिया यू–२० रग्बी सेभेन्स च्याम्पियन
हङकङ र थाइल्याण्डले नेपालमा भएको एसिया यू–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् । एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा भएको प्रतियोगितामा हङकङले पुरुष र थाइल्याण्डले महिलामा उपाधि जितेका हुन् ।
विमलले लिनासँग कस्नुभयो लगनगाँठो
नेपाली राष्ट्रिय टोलीका स्ट्राईकर विमल घर्तीमगर विवाह बन्धनमा बाँधिनुभएको छ । विमलले आइतबार भद्रकाली मन्दिरमा प्रेमी लिना प्रधानसँग लगनगाँठो कस्नुभएको हो ।
फिफा महिला विश्वकप : स्पेन च्याम्पियन
नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ । अस्ट्रेलियाको सिड्नीस्थित ओलम्पिक रङ्गशालामा आइतबार भएको फाइनलमा स्पेनले इङ्गल्यान्डलाई १–० गोलले हरायो । स्पेन पहिलो पटक महिला विश्वकप च्याम्पियन बनेको हो ।
श्रीलङ्कालाई टिम च्याम्पियन उपाधि
ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिप–२०२३ अन्तरगतको यू–१५ र यू–१७ दुवैतर्फ मिक्स टिम इभेन्ट्सको उपाधि श्रीलंकाले जितेको छ ।
बागमतीले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ ।
सिटीको लगातार दोस्रो जित
साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदान इत्तिहादमा शनिबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई १–० गोलले स्तब्ध बनायो ।
इन्टर मियामीलाई लिग्स कप–२०२३ उपाधि
लिग्स कप–२०२३ को उपाधि इन्टर मियामीले जितेको छ । शनिबार राति भएको फाइनलमा मियामीले नाशभिल एफसीलाई सडन डेथमा १०–९ गोलले हरायो ।
प्रधानमन्त्री प्रचण्ड र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ ।
बक्सर घिमिरेलाई उपाधि
नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।
एसियाली खेलकुद : अनुभव हासिल गर्ने ठुलो मञ्च
पछाडिबाट तार जोडिएको बाक्लो सेतो पोसाकसहित तरबार बोकेर फेन्सिङका छ खेलाडी हाङजाउ एसियाडका लागि कडा अभ्यास गरिरहेका छन्। खेलाडीको तरबारले विपक्षीको ड्रेसमा छुँदा ‘टुट’ गरेर सँगै रहेको स्कोरबोर्डबाट आवाज आउँछ। एसियाडमा छाप छोड्ने लक्ष्यसहित सर्बियाका प्रशिक्षक ‘डुमा’ को रेखदेखमा प्रशिक्षण भइरहेको छ। एसियाडमा पुरुषतर्फ सेभर इभेन्टस्मा आर्मीका उपेन्द्र शाही, एपिएफका राजेन्द्र गजुरेल र पायस योञ्जन तथा महिलातर्फ फोयल इभेन्टस्मा बागमती प्रदेशकी गोमा आचार्य, एपिएफकी अनिता अधिकारी र एपिएफकै मन्दिरा थापाले प्रतिस्पर्धा गर्नुहुने छ। वीर गणेशमानसिंह राष्ट्रिय प्रतियोगिताबाट बन्द प्रशिक्षणमा परेकाहरूबाट एसियाड जाने खेलाडीहरूको चयन भएको हो।
लि निङको टिसर्टमा एन्जिलाको नाम
महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा खेलपोसाक तथा खेल सामाग्री निर्माण अन्तर्राष्ट्रिय कम्पनी लि निङले टिसर्ट तयार पारेको छ ।
महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो
स्विडेन फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा स्विडेनले अष्ट्रेलियालाई २–० गोलले हरायो ।
बायर्नको विजयी सुरुवात
साबिक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको लिगको पहिलो खेलमा बायर्नले वेर्डन ब्रेमनलाई ४–० गोलले हरायो ।
महिला कबड्डी टोली आज भारत जाँदै
चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज (शनिबार) भारत जाने भएको छ ।
मुवाँथाईमा कक्षपति निर्विरोध
नेपाल राष्ट्रिय मुवाँथाई सङ्घको प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
एसियाड कबड्डीको विशेष प्रशिक्षण भारतमा
चीनको हाङजाउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली कबड्डी महिला टोली भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएको छ ।
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता सुरु
शसस्त्र प्रहरी बल मुख्यालय हल्चोमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीले मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेका छन् ।