• १३ मंसिर २०८१, बिहिबार

दिलासा र रेहाना फाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

काठमाडौं, भदौ ४ गते । दिलासा राना र रिहाना शेरचनको जोडी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसिपको फाइनलमा प्रवेश गर्नुभएको छ ।

ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको सहआयोजनामा जारी च्याम्पियनसिपमा राना र शेरचनको जोडीले यु–१५ मा बङ्गलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले हराउनुभयो । 

यस्तै यु–१५ तर्फनै टिसा रनाी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलङ्काका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसँग ८–२१, ७–२१ ले पराजित हुनुभयो । पुरुषतर्फ सुदेश राजकोटी र शिषिर रानाको जोडी बंगालादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसँग ९–२१, १२–२१ ले पराजित हुनुभयो ।

महिला यु–१५ एकलतर्फ टिशा रानी शाक्य श्रीलङ्काकी नेथ्मी रत्नायकेसँग ४–२१, १४–२१ ले पराजित हुनुभयो । यसैगरी दिलाशा राना श्रीलङ्काकी सुथुली रनसिंघेसँग १५–२१, १५–२१ के समान अन्तरमा पराजित हुनुभयो । पुरुषतर्फ सुविन श्रेष्ठ बङ्गलादेशका वाली उल्लाइसँग १५–२१, २१–१४, १८–२१ ले पराजित हुनुभयो ।

यु–१७ महिलातर्फ राजी राई श्रीलङ्काकी रनुमी मनागेसँग १६–२१, २१–१८, १५–२१ ले पछि पर्नुभयो । पुरुषतर्फ कबिर के।सी। श्रीलङ्काका थिदासा वेरागोडासँग १२–२१, १९–२१ ले पराजित हुनुभयो ।