• १२ जेठ २०८१, शनिबार

युकेमा उद्धव र गुनालाई पदक

blog

पदक विजेता मार्सल आर्ट्स खेलाडी ।

काठमाडौं, साउन ३० गते । नेपालका उद्धव थापामगर र गुना गुरुङले अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा पदक जित्नुभएको छ ।

उद्धवले दोहोरो स्वर्ण तथा गुनाले रजत जितेको आदिवासी खेलकुद सङ्घ नेपालका अध्यक्ष समेत नेपाल उमा कुङफु सङ्घका महासचिव भूपेन्द्र गुरुङले जानकारी दिनुभयो । 

युकेको योर्कसायरमा अगष्ट १३ तारिखमा भएको प्रतियोगितामा उद्धवले ट्रेडिसनल चाइनिज फम्र्सअन्तर्गत स्वोर्ड र ड्रङकन विधामा गरी दुई स्वर्ण जित्नुभयो । गुनाले ताइची स्पर्धामा रजत जित्नुभयो । अर्का सहभागी समीर श्रेष्ठले पदकविहीन बन्नुभयो ।

प्रतियोगिताको व्यवस्थापकमा तेजबहादुर बरुवाल तथा युकेमा नेपाली टोलीको समन्वय लक्ष्मी मगरले गर्नुभएको थियो । अध्यक्ष गुरुङले खेलाडीले पदक जितेकोमा खुसी व्यक्त गर्दै पदक विजेतालाई बधाई समेत दिनुभयो । नेपाली टोली अगष्ट २० तारिख स्वदेश फर्किने छ ।