• १३ मंसिर २०८१, बिहिबार

५ किमि सडक दौडमा कृष्ण र बासना प्रथम

blog

दौडमा उपाधि विजेता खेलाडी ।

रमेश पौडेल

पोखरा, भदौ ९ गते । गण्डकी विश्वद्यिलायद्वारा पोखरामा  शनिबार आयोजना गरिएको ५ किलोमिटर सडक दौड छात्रतर्फ कृष्णबहादुर परियार र छात्रातर्फ बासना सुवेदी शर्मा प्रथम भएकी छिन् ।

उक्त दौडमा कृष्णले १४ मिनेट ४८.०८ सेकेण्डमा र बासनाले २० मिनेट ३८ सेकेण्डमा दौड पुरा गर्र्दै जनही १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । परियार कुमुदिनी होम्स र सुवेदी कालिका माविकी विद्यार्थी हुनुहुन्छ । यसैगरी छात्रतर्फ छोरेपाटन माविका मनोज रोकामगरले १५ मिनेट १२.४२ सेकेण्डमा दौड सक्दै दोस्रो हुनुभयो । बादल कार्की तेस्रो र विशन परियार चौथो हुनुभयो । 

्छात्रातर्फ विन्द्यवासिनी माविकी पुजा डाँगी २१ मिनेट ११ सेकेण्डमा दौड पुरा गरि दोस्रो हुनुभयो । टुका कुमारी नेपाली तेस्रो र रेशमा गुरुङ चौथो हुनुभयो । दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः सात, पाँच र दुई हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई गण्डकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, विश्वविद्यलायका रजिस्टार प्रा.डा.कैलाश तिमिल्सिना, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले पुरस्कार प्रदान गर्नुभयो । दौडमा ४३ विद्यालयका तीन सय भन्दबढि विद्यार्थीको सहभागिता रहेको थियो ।